रामेछाप सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि हट्दै जाने

रामेछाप सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि हट्दै जाने

रामेछाप सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् । भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तुवाँलो हट्न कि पानी पर्नुपर्ने कि तीव्र गतिमा हावा चल्नुपर्ने हुन्छ । भोलि हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो हट्दै जाने मौसमविद् अर्यालले बताउनुभयो ।

केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै चार दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले प्रदूषण बढेको छ । विशेषगरी प्रदेश– २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । आज काठमाण्डौ, भक्तपुर र ललितपुरसँगै हेटौँडा, सौराहा, पोखरालगायत क्षेत्रमा प्रदूषण धेरै छ । प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार