रामेछापमा देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

रामेछापमा देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

यो वर्षको तिहारको समयमा रामेछापमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले देउसी, भैलोलगायत सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेपछि सञ्चालन नगर्न भन्दै अनिवार्य रुपमा बन्द गर्न आग्रह गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा आफूले खुसियाली मनाउँदा, मनारेञ्जन गर्दा अन्य व्यक्ति, टोल, छिमेकी, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन आग्रह गर्नुभएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुइँचम्पा, आतिशवाजीलगायतका प्रज्वलनशील पदार्थ प्रयोग, भण्डारण, बिक्री, वितरण, ओसारपसार गर्ने गराउने कार्यसमेत नगर्न प्रजिअ निरौलाले आग्रह गर्नुभयो ।

साथै जुवा, तास खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न, नगराउन आग्रह गर्दै उहाँले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्नेलगायतका समाजमा अशान्ति सिर्जना गर्ने नगर्न नगराउन पनि नागरीकहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार