रामेछापको मन्थली–३ का तत्कालीन वडासचिव सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रामेछापको मन्थली–३ का तत्कालीन वडासचिव सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जीवित श्रीमानकाे मुत्यु भएको भन्दै वडासचिव हुँदा महतोले गलत लिखत तयार गरेर ४५ हजार दुई सय २० रुपैयाँ हानी/नोक्सानी गरेको हुँदा महतो र खत्रीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

महतोलाई ४५ हजार दुई सय २० रुपैयाँ बिगो कायम गरेको आयोगका प्रवक्ता एवम् सहसचिव भोला दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार