रामेछापको उमाकुण्डमा भाईले खुकुरी प्रहार गर्दा दाई गम्भिर घाईते

रामेछापको उमाकुण्डमा भाईले खुकुरी प्रहार गर्दा दाई गम्भिर घाईते

रामेछापको उमाकुण्ड गाउँपालिकामा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् । उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थली कोलाका ४९ वर्षिय देव बहादुर बस्नेतलाई आफ्नै भाई ओसिराम बस्नेतले खुकुरी प्रहार गरेका हुन् ।

घरायसी विवादका कारण गएराति ८ बजे ओसिरामले दाईमाथि खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका देवबहादुरलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा पठाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार