रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो ।

नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका व्यवसायीहरू पनि निराश हुँदै गएका छन् । १३ वर्षअघिबाट मादल बिक्री गर्दै आउनुभएका रामेछापका सुजन घिमिरेले मौलिक हिसाबले देउसी, भैलो खेल्ने क्रम कम भएसँगै मादलको बिक्री हुनै छाडेको बताउनुभयो ।

पछिल्लो पाँच वर्षयता ब्यापार लगातार घट्दो क्रममा रहेको उहाँको भनाइ छ । पछिल्लो पुस्ताले मौलिक गितसँगै मादल लगायत मौलिक बाजालाई बिर्सदै गएको छ । संस्कृतिको पुस्तान्तरण हुन नसक्नु नै ब्यवसायीका लागि चिन्ताको विषय बनेको छ । मादलको ब्यापार घट्नुमात्र चिन्ताको विषय नभए पनि यसले मादल र मादलसँग जोडिएको नेपाली लोक संस्कृतीबारे चिन्ता थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार