रामेछापमा खुला दिसामुक्त घोषणा तर कार्यान्वयनमा समस्या

रामेछापमा खुला दिसामुक्त घोषणा तर कार्यान्वयनमा समस्या

रामेछाप जिल्ला २०७५ साल जेठ २८ गते बाग्मती प्रदेशको सातौँ जिल्लाका रूपमा खुल्ला दिसामुक्त घोषणा भएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन ।

मानिसहरुको भीडभाड हुने स्थानमा सार्बजनिक शौचालय बनेका छैनन् भने, सरकारी कार्यालयमा भएका शौचालय समेत व्यवस्थित र सफा नभएको स्थानीय अस्मिता महताराको भनाइ छ । जिल्ला खुला दिसामुक्त घोषणा भएको ६ वर्ष बिते पनि पूर्ण कार्यान्वयन भएको छैन ।

रामेछापको ८ स्थानीय तहमध्ये मन्थली र रामेछाप नगरपालिकाले मात्रै बजारमा सार्वजनिक शौचालय निर्माण गरेका छन । तर सवारी साधन आवतजावत गर्ने कुनै पनि सडकमा कुनै पनि स्थानिय तहहरुले शौचालय निर्माण गरेका छैनन ।

मानिसको भिडभाड र आवतजावत हुने अन्य क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक भए पनि बनाउनेतर्फ कसैको ध्यान नपुगेको नविन गाउँलेले बताउनुभयो । खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका कतिपय क्षेत्रमा खानेपानीसमेत अभाव छ ।

रामेछाप नगरपालिका,मन्थली नगरपालिका,लिखु तामाकोशी गाउँपालिका,खाँडादेवी गाउँपालिका लगायतका पालिकाहरुको सबै घरहरुमा शौचालय बने पनि, पानीको अभावले प्रयोगमा समस्या भएको स्थानीय नमिता महतले बताउनुभयो ।

जिल्लाको धेरै बजार क्षेत्रहरुमा सार्बजनिक शौचालय नबन्दा र भएका शौचालय व्यवस्थित नहुँदा खुला दिसामुक्त जिल्ला नारामा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार