वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणाम घोषणा नहुन्जेल रामेछाप नगरपालिका बन्द

यहि वैशाख २६ गतेदेखी चुनावको अन्तिम मतपरिणम घोषणा नहुन्जेलसम्म रामेछाप नगरपालिका बन्द हुने भएको छ । यहि वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरु खटिनुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्नुपरेको नगरपालिकाले जानकारी गराएको छ । वैशाख ३० गते मतदान कार्य सम्पन्न भए पश्चात मतगणना कार्य […]

रामेछापमा निर्वाचनलाइ प्रभाव पार्ने गरी कर्मचारीको खटनपटन

स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने मनसायले मूख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले कर्मचारीको खटनपटन गरेको पाइएको छ । निर्वाचनलाई निष्पक्ष , धाधलिरहित र स्वच्छ वनाउनु पर्नेमा स्थानीय तहका कर्मचारीलाई सोहि स्थानीय तहमा खटाएर मूख्य निर्वाचन कार्यालयले त्यस्तो संन्देश दिएको हो । चुनावमा खटाएका कतिपय कर्मचारी दैनिक ज्यालादारीमा कार्यरत, सुरक्षाका लागि राखेका गार्ड र राजनीतिक पृष्ठभूमिका पालिकाका […]

रामेछापमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय रामेछापले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा […]

रामेछाप रामपुरमा एमालेका कार्यकर्ताबाट सवारी चालक कुटिए

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेकपा एमालेका कार्यकर्ताले सवारी चालकलाई कुटपिट गरेका छन । शुक्रबार नेपाली कांग्रसले चुनावी घरदैलो कार्यक्रम गर्न भाडामा लिएको गाडीको चालकलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन । एमालेका कार्यकर्ता रमेश तामाङको एक समुहले चालक दान ब तामाङलाई मरणासन्न हुने गरि कुटपिट गरेको बताइएको छ । शनिबार एमालेको चुनावी […]

के के छन त ? रामेछाप नगरपालिकामा माओवादी–एकीकृत समाजवादीको घोषणा पत्रमा

स्थानीय तहको निर्वाचनका लागि रामेछापको रामेछाप नगरपालिकामा तालमेल गरेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक भएको घोषणा पत्रमा सबै वडाहरुका टोलटोल र हरेक विद्यालयमा विद्युतीकरण गरि ‘फ्री वाइफाइ जोन’को व्यवस्था गरिने उल्लेख छ। त्यस्तै नगरपालिका भित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, ध्रुमपान र मदिरापानलाई पूर्णरुपमा निरुत्साहित गर्ने […]

के के छन त ? काँग्रेस रामेछाप नगरको प्रतिवद्धतापत्रमा

नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका प्रमुख पदका उमेद्वार लबश्री न्यौपानेले शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् । […]

के के छन त ? एमाले रामेछाप नगरको प्रतिवद्धता पत्रमा

नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय निर्वाचनका लागि ५० बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । “समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी” भन्ने नाराका साथ एमाले रामेछाप नगर कमिटीले ५० बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेबाट रामेछापको नगर प्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता कुमारी खत्री उम्मेदवार छिन् । प्रतिवद्धतापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, […]

रामेछाप मन्थलीमा माईक्रोवस दुर्घटना १० जना घाइते,घाइते २ जनालाई काठमाडौँ लगियो

रामेछापको मन्थली नगरपालिका वडा नं ६ सेलेघाटमा आज माईक्रोवस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आज दिउँसो काठमाण्डौं बाट मन्थलीतर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल […]

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील, २६ वटा मतदान स्थल संवेदनशील

रामेछापमा २५ मतदान स्थल अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा २६ वटा मतदान स्थल संवेदनशील र बाँकी ४१ वटा मतदान स्थल सामान्य रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिनुभयोे । जिल्लाको अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा परिने उहाँले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि जिल्लामा २ […]

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

रामेछापमा ३७ हजार बढि बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएदेखी वैशाख १९ गतेसम्म १५ वर्षमुनिका ३७ हजार ७ सय ३१ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार ४२ हजार २ सय ९० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ३७ हजार […]