रामेछापमा चुनावको लागी आज मतपत्र आउँदै

स्थानीय तहको निर्वाचन आउन ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले ६० जिल्लामा मतपत्र ढुवानीको काम सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले हिजोसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको र अब १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेको जनाएको छ । बाँकी जिल्लामा आज बिहानबाट पठाउने तयारी भइरहेको आयोगको भनाइ छ […]

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरू चुनाव प्रचारप्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेद्वार र दलहरू घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोगमा लाग्दै गर्दा मतदाता भने नयाँ र सभ्य शैलीको अपेक्षामा छन् । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन। नेपालमा भने सञ्चारमाध्यम बाहेक उम्मेद्वारहरूले स्वस्फुर्त […]

निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुँदै

जिल्ला निर्वाचन कार्यालय रामेछापले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने जनाएको छ । त्यसपछि भने अन्तिम नामावली प्रकाशन गर्नेछ ।

रामेछाप रामपुरमा भान्जाले खुकुरी प्रहार गर्दा मामा घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । भान्जाले मामालाई खुकुरी प्रहार गर्दा मामा घाइते भएका हुन । आज(बुधबार) घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको […]

रामेछापमा स्थानीय तह चुनावका लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

रामेछापमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त भएको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ । स्थानीय तह निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिनुभयो । […]

रामेछाप सुकाजोरमा यस्तो बन्यो नेपाली काँग्रेसको प्यानल

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा नेपाली काँग्रसको तर्फबाट उम्मेदवार बनेकाहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन । सुकाजोरको वडाअध्यक्ष पदमा पुन समिर कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । वडा सदस्य पदमा भने नयाँ अनुहारहरु देखिएका छन । वडाअध्यक्ष सहित वडासदस्य पदमा युवाहरु नै देखिएका हुन । वडा […]

रामेछाप नगरपालिकाको मेयरमा गठबन्धनबाट नरेशबाबु श्रेष्ठको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएर उम्मेद्वारी दर्ता गरिएको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकाको मेयरमा माओवादीका उम्मेद्वार नरेशबाबु श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनुभएको छ भने एकीकृत समाजवादीका उम्मेद्वार ढाल विक्रम कार्कीले उपमेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । वडा नं १ र ७ मा एकीकृत समाजवादीले आफनो उम्मे्द्वारी दर्ता गराएको […]

रामेछाप नगरपालिकाको मेयरमा एमालेको तर्फबाट रोशन पाख्रिनको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट रोशन पाख्रिनले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा सिता केसी,वडा नं १ को वडाअध्यक्षमा शिव कार्की,२ मा विजय बुढाथोकी,३ मा राम कु खत्री,४ मा अमर तामाङ,५ मा तुल्सी श्रेष्ठ,६ मा धन ब खड्का,७ मा धु्रव बस्नेत,८ मा श्याम कु श्रेष्ठ र ९ मा देव श्रेष्ठले उम्मेद्वारी दर्ता […]

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट लवश्री न्यौपानेको उम्मेद्वारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकातर्फबाट लवश्री न्यौपानले उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ सहित उपमेयरमा बालाकुमारी थापा कार्की,वडा नं १ वडाअध्यक्षमा रेख ब खत्री,वडा नं २ मा सुशिलहरि बख्रेल,वडा नं ३ मा दल ब प्रधान,वडा नं ४ मा कृपा थापा मगर,वडा नं ५ मा हरिशचन्द्र श्रेष्ठ,वडा नं ६ मा राजेश तामाङ,वडा नं ७ मा समिर […]

रामेछाप नगरपालिकाको उपमेयरमा काँग्रेसको बागी उम्मेद्वार

रामेछाप नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसबाट बागी उम्मेद्वारी परेको छ । नपाली काँग्रेस रामेछापले आईतबार मेयरमा लवश्री न्यौपाने र उपमेयरमा सुशिला लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सुशिला लामालाई सोमबार उम्मेद्वारी दर्ता गर्न रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको थियो । सोमबार (आज) उम्मेद्वारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएका लामाले आफ्नो […]