रामेछाप नगरपालिकाभर आइतबार शोक बिदा

रामेछाप नगरपालिकाभर आइतबार शोक बिदा

रामेछापको रामेछाप नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । नगरपालिका प्रमुखको स्वकीय सचिव पदमा कार्यरत लक्ष्मण श्रेष्ठको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो ।

श्रेष्ठको शनिबार(आज) भएको असामयिक निधनले सिँगो नगरपालिका परिवार अत्यन्त मर्माहत भएको भन्दै नगरपालिकाले हार्दिक समवेदना पनि व्यत्त गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले एक सूचना जारी गर्दै शोक बिदाको बारेमा जानकारी गराउनुभएको हो ।

आइतबार नगरपालिको अत्यावश्यक सेवा बाहेक नगरपालिकाको कार्यालय,वडा कार्यालय,स्वास्थ्य चौकी,शहरी स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयमा शोक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार