रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रामेछापको रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । रामेछाप नगरपालिकाको ९ वटै वडाहरुका १८ सय २० जना बालबालिकालाई खोप लगाइने छ ।

रामेछाप नगरपालिकामा आज(शनिबार) भएको पालिका स्तरीय खोप समन्वय समिति एवं सरोकारवालाहरुको लागी बैठक तथा अभिमुखिकरण कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा खोप अभियानको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीले खोपको महत्व र अभियानको बारेमा जानकारी गराउनुभयो ।

यो खोप अभियानमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ ।यहि फागुन १३ देखी १५ गतेसम्म खोप अभियान संचालन हुनेछ । नगरपालिकाको ९ वटै वडाहरुको खोप केन्द्रबाट खोप लगाइने भएकोले ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाइ नजिकैको खोप केन्द्रमा खोप लगाउन लैजान नगर प्रमुख लबश्री न्यौपानेले अनुरोध गर्नुभयो ।

९ वटै वडामा खोप लगाउनका लागि ३३ खोप केन्द्र कायम गरिएको र जसमा ६६ जना स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार