रामेछापको भुजिमा भएको स्वास्थ्य शिबिरमा ५ सय जनाले लिए सेवा

रामेछापको भुजिमा भएको स्वास्थ्य शिबिरमा ५ सय जनाले लिए सेवा

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीसँगको समन्वयमा अनेरास्ववियु स्वास्थ्य विभाग र स्ववियु महाराजगन्ज क्याम्पसले मङ्गलवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५० विद्यार्थी सहित ५०० जनाले जनरल सेवा लिएको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले बताउनुभयो । शिविरमा क्षयरोगको परीक्षण, आँखा परीक्षण र स्त्री रोगको परीक्षण गरी निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविर मार्फत गाउँमै सहज तवरले निःशुल्क स्वास्थ्य उपचार, आवश्यक औषधि साथै स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिव एवम् शिविरका विशेषज्ञ डा.सुजन कडरियाले बताउनुभयो ।

विभिन्न निकायसँगको समन्वयमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरी चिकित्सक सहितको स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकार लागि परेको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार