रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा दादुरा–रुबेलाको खोप अभियान सुरु

रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा दादुरा–रुबेलाको खोप अभियान सुरु

रामेछाप जिल्लाको २ वटा स्थानियतहमा आज(आईतबार) देखी दादुरा–रुबेला विरुद्धको खोप अभियानमा सुरु भएको छ । रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाका सबै वडाहरुमा खोप अभियान सुरु भएको हो । आज(आईतबार) देखी फागुन १५ गतेसम्म ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पताल रामेछापमा रहेको खोप केन्द्रबाट खोप अभियानको शुभारम्भ गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर अभियानको उद्धघाटन समेत गर्नुभयो । उहाँले नगरपालिकाको ९ वटै वडाहरुको खोप केन्द्रबाट खोप लगाइने भएकोले ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाइ नजिकैको खोप केन्द्रमा खोप लगाउन लैजान अनुरोध गर्नुभयो ।

दादुरा–रुबेला विरुद्धको खोप अभियानमा रामेछापका ११ हजार बढी बालबालिकालाई खोप लगाइने छ । जिल्लाको ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका ११ हजार ६ सय ८९ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाको रामेछाप नगरपालिका र लिखु तामोकोशी गाउँपालिकाको सबै वडामाहरुमा फागुन १३ गतेदेखी १५ गतेसम्म खोप अभियान संचालन हुनेछ । फागुन २१ गतेदेखी २३ गतेसम्म मन्थली नगरपालिका,गोकुलगंगा गाउँपालिका,सुनापति गाउँपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ्ग गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको सबै वडाहरुमा अभियान संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार