रामेछापको लिखु तामाकोशीका किसानलाई अनुदानमा मकैको बिउ वितरण

रामेछापको लिखु तामाकोशीका किसानलाई अनुदानमा मकैको बिउ वितरण

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको हो ।

पालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको मकैको बिउ वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । किसानहरूको माग भए अनुसारको मकैको बिउ वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

रामपुर कम्पोजिट, मनकामना ३, गणेश ३ र अरुण २ जातका मकैको बिउ गाउँपालिकाका ७ वटै वडाहरूमा वितरण हुनेछ । उत्पादनमा वृद्धि गरी मकै बालीमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको मकैको बिउ वितरण गरिएको गाउँपालिका अध्यक्ष महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार