रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाउनुभएको छ । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए ।

रामेछापको मन्थली नगरपालिका १४ मा एमालेको प्यानलै बिजयी

रामेछापको मन्थली नगरपालिका वडा नं १४ फुलासीमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । उक्त वडा जितेसँगै मन्थली नगरपालिकामा नेकपा एमालेले जितको खाता खोलेको हो । फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ ।  

रामेछापको दोरम्बा डडुवामा एमालेका प्रेम कुमार लामा विजयी

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवामा नेकपा एमालेले जितेको छ । एमालेबाट वडाअध्यक्षका उम्मेदवार बन्नुभएका प्रेम कुमार लामाले ११ सय ४४ मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।  

रामेछाप नगरपालिका वडा नं १ मा कांग्रेसका रेखवहादुर खत्री विजयी

रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गर्नुभएको छ । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गर्दै खत्रीले ६ सय ३० मत प्राप्त गर्नुृभएको छ । कार्कीले भने ५ सय ९४ मत पाउनुभयो । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् […]

रामेछापको मन्थली नगरपालिका वडा नं १ मा काँग्रेसको जित

रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो । आईतबार सम्पन्न मतगणनामा काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेशराज सुवेदीले ७ सय ८४ मत प्राप्त […]

विवाद मिलेसँगै रामेछाप नगरपालिकामा मतगणना सुरु

रामेछाप नगरपालिकामा मतगणना सुरु भएको छ । हिजो भएको मतदानको मतगणना गर्न सर्बदलिय बैठक बसेर मतगणना सुरु गरिएको रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत गिता गुरुङले जानकारी दिनुभयो । अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ […]

रामेछाप नगरपालिकामा मतगणना हुन सकेन,गोठगाउँको विवादले मतगणना प्रभावित

रामेछाप नगरपालिका वडा नं १ बाट हिजो मतपेटिका ल्याउने क्रममा मतपेटिका बोकेको गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका थिए । दुर्घटना भएको गाडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै नफर्कीएर सुरक्षाकर्मी मात्रै फर्कनुले घटना रहस्यमय र झालझेल रहेको भन्दै राजनीति दलहरूले मतगणना गर्न नदिने वताएका छन । राजनीति दलहरुले […]

रामेछाप नगरपालिकामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

रामेछाप नगरपालिकामा हिजो भएको मतदानको मतगणना गर्न अहिले सर्बदलिय बैठक बसिरहेको छ । सर्बदलिय बैठक लगत्तै मतगणना गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । दिउँसो १ बजेबाट मतगणना सुरु हुने छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी […]

रामेछाप नगरपालिकामा १६ हजार ३ सय ३८ मत खस्यो,शनिबार बिहानदेखि मतगणना हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आज शान्त वातावरणमा मतदान भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा १६ हजार ३ सय ३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय रामेछाप नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको वडा नं १ गोठगाउँमा १४८१,वडा नं २ देउरालीमा १९८५,वडा नं ३ साँघुटारमा १३३९,वडा नं ४ हिमगंगामा २३ सय ४,वडा नं ५ रामपुरमा […]

मतपेटिका बोकेको गाडी साँघुटारमा दुर्घटना,प्रहरी र म्यादी प्रहरी घाइते

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ । रामेछाप नगरपालिका वडा न १ गोठगाउंबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । वडा नं ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हबल्दार विष्णु […]