रामेछाप नगर प्रमुखका स्वकीय सचिवको अकस्मात मृत्यु

रामेछाप नगर प्रमुखका स्वकीय सचिवको अकस्मात मृत्यु

रामेछापको रामेछाप नगरपालिकाका प्रमुखको स्वकीय सचिवको अकस्मात मृत्युु भएको छ । ४८ वर्षीय लक्ष्मण श्रेष्ठको शनिबार(आज) दिउँसो ज्यान गएको हो ।

नगरपालिकाका कर्मचारीहरु वडा नं ७ सुकाजोरमा रहेको ताराखसे पोखरीमा वनभोज खान गएका थिए । वनभोजमा खाजा खाने क्रममा एक्कासि बिरामी परेका श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो । उनलाइ अस्पताल पुराएको केही समयमै उनको मृत्यु भएको हो ।

जिल्ला अस्पताल रामेछापका विशेषज्ञ डाक्टर मनोज यादवका अनुसार श्रेष्ठको मृत्यु खाना सर्केर वा हृदयाघातको कारण भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले शब पोस्टमार्टमको तयारी भइरहेको र के कारण मृत्यु भएको हो भन्ने कुरा रिपोर्ट आएपछि थाहा हुने डा यादवले बताउनुभयो ।

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस हुनुभएको थियो । उहाँको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार