प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

आज(शुक्रबार) वडा कार्यालयमा वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो । गएको पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने वडाका खेलाडी र प्रशिक्षक सम्मानित भएका हुन ।

तेक्वान्दोमा स्वर्ण पदक जित्न सफल आकृती मगर र कल्याणी तामाङ्ग,उसुमा स्वर्ण पदक जित्न सफल निकिता शाही र कबड्डीमा रजत पदक जित्न सफल ओलीसा नेवा खड्गी सम्मानित भएका हुन । खेलाडीसँगै प्रशिक्षक टिकाराम राना मगरलाई पनि वडाले सम्मान गरेको हो ।

सम्मानित खेलाडीलाई वडाअध्यक्ष तामाङ्गले जनही नगद ३ हजारसँगै खादा लगाएर सम्मान गर्नुभयो । वडाअध्यक्ष तामाङ्गले खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगितामा पनि उत्कृष्ट भएर आउनु भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले उक्त प्रतियोगितामा पनि उत्कृष्ट भएर आए थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यही फागुन २१ गते देखि चितवनमा बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार