अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम सुरु

अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम सुरु

रामेछापमा अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम बिहिबार(आज) देखी सुरु भएको छ । रामेछाप नगरपालिका वडा नं ७,८ र ९ का अपाङ्गता भएका व्यक्तिहरुका लागी तालिम संचालन गरिएको हो । अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापको आयोजना र समाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँको सहयोगमा तालिम संचालन गरिएको हो ।

तालिमको उद्धघाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले बाटेको धुपबाट थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने भएकाले तालिम महत्वपूर्ण रहेको बताउनुभयो । घरमै बसेर बाटेको धुप उत्पादन गर्न सकिने भएकाले अपाङ्गता भएका व्यक्तिहरुका लागी आयआर्जनमा यसले यसले मद्धत पुग्ने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले उहाँहरुले उत्पादन गर्नुभएको बाटेको धुपको बजारीकरणमा नगरले सहयोग गर्ने बताउनुभयो । रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले तालिम लिइसकेपछि घरमै बसेर धुप उत्पादन गर्न अनुरोध गर्नुभयो ।

अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापका अध्यक्ष बद्रि नयाँघरेको अध्यक्षतामा तालिम उद्धघाटन गरिएको हो । तालिममा तिन वटा वडाका २० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको छ । तालिम रामेछाप नगरपालिका ८ भंगरीको सामुदायिक आवासमा संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार