जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्वारा सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान

जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्वारा सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रम गरी विभिन्न सामाग्री सहित जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको समन्वयमा वडाका ८० वर्ष नाघेका ८४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । जेष्ठ नागरिकलाई छाता,लाैराे,पानी तताउने इलेक्ट्रोनिक जग,हट व्याग,मंजन,ब्रस,साबुन,जुत्ता लगायतका सामाग्री वितरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाह सहितको उपस्थितमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस अघि पनि वडाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार