रामेछापको ओख्रेनी र रामपुरमा भएको महिला प्रजनन स्वास्थ्य शिविरमा २९० जनाले लिए सेवा

रामेछापको ओख्रेनी र रामपुरमा भएको महिला प्रजनन स्वास्थ्य शिविरमा २९० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर र वडा नं ६ ओख्रेनीमा महिला प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा २ सय ९० जनाले सेवा लिएका हुन ।

यहि १९ गते शनिबार रामपुर स्वास्थ्य चौकी र २० गते आइतबार ओख्रेनी स्वास्थ्य चौकीमा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर संचालन भएको थियो । रामपुर स्वास्थ्य चौकीमा १ सय २० जना र ओख्रेनी स्वास्थ्य चौकीमा १ सय ७० जनाले सेवा लिएका हुन ।

उक्त शिविरमा भिडियो एक्सरे,क्यान्सर स्कृनिङ,मोतिया बिन्दु स्कृनिङ,दन्त सेवा,प्रयोगशाला सेवा र अन्य विभिन्न सेवाहरु प्रदान गरिएको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीले जानकारी दिनुभयो । शिविरमा जिल्ला अस्पताल रामेछापका वरिष्ठ चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार