रामेछाप नगरपालिकामा पीपीआर विरुद्धको खोप अभियान जारी

रामेछाप नगरपालिकामा पीपीआर विरुद्धको खोप अभियान जारी

रामेछापको रामेछाप नगरपालिकामा बाख्रालाई लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान चलिरहेको छ । पीपीआर नियन्त्रण तथा रोकथामका लागि सो खोप अभियान संचालन गरिएको नगरपालिकाका पशु स्वास्थ्य अधिकृत काजी शेर्पाले जानकारी दिनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई ज्वरो आएर मर्ने समस्या हुन्छ । खोप नलगाएका बाख्रालाई रोग लागेपछि बचाउन नसकिने उहाँले बताउनुभयो । खोप लगाएका बाख्रामा रोग लागे पनि ८० प्रतिशत बाँच्ने सम्भावना हुन्छ । पशु सेवा कार्यालय सिन्धुलीको आयोजना तथा रामेछाप नगरपालिकाको पशु विकास शाखाको समन्वयमा खोप अभियान संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार