रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । यहि चैत्र २ गतेबाट कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा संचालन हुने नगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ ।

नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको सुचनामा बिहान १० बजेदेखी परीक्षा संचालन हुने बताइएको छ । नगरपालिकाको नगरस्तरीय परीक्षा समितिको निर्णय अनुसार शैक्षिक शत्र २०८० को वार्षिक परीक्षा कार्यक्रम संचालन हुने जनाइएको छ ।

सबै कक्षाको प्रश्न पत्र परीक्षा समितिबाटै उपलब्ध गराइने नगरपालिकाले जानकारी दिएको छ । वार्षिक परीक्षा तालिका अनुसार चैत्र २ गते अंग्रेजी,४ गते गणित,५ गते नेपाली,६ गते विज्ञान,७ गते समाजिक अध्ययन विषयको परीक्षा हुनेछ ।

यसगैरी चैत्र ८ गते कक्षा १ देखी ३ सम्म स्थानिय,कक्षा ४ देखी ८ सम्म स्वास्थ्य र शारीरिक र कक्षा ९ को ऐ प्रथम विषयको परीक्षा हुनेछ । चैत्र ९ गते कक्षा ४ देखी ८ सम्म स्थानिय र कक्षा ९ को ऐ द्धितिय विषयको परीक्षा संचालन हुने नगरपालिकाले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार