रामेछापको सुकाजोरमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

रामेछापको सुकाजोरमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

वडा कार्यालयको आयोजना र सकृय सुकाजोर महिला संजालको सहजीकरणमा भएको कार्यक्रममा जनचेतनामूलक गित तथा कविता वाचन,हाँडी फुटाउने खेल,मिउजिकल चियर,सडक नाटक जस्ता कार्यक्रमहरु भएको हो ।

रामेछाप नगरपालिकाका प्रबत्ता एवं वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यता र सकृय सुकाजोर महिला संजालकी अध्यक्ष राशी कार्की(सीता) को अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष कार्कीले वडामा रहेका महिलाहरुलाई सकृय बनाउन विभिन्न कार्यक्रमहरु गरिने बताउनुभयो । उहाँले महिलाहरुलाइ आत्मनिर्भर बनाउनेदेखि लिएर क्षमता विकास सम्बन्धि तालिम आवश्यक परे वडाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा जनचेतनामूलक गित,कविता,सडक नाटक,हाँडी फुटाउने खेल,मिउजिकल चियरमा प्रथम,दितिय र तृतीय हुनेहरुलाइ पुरस्कार समेत प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार