रामेछापका माझी समुदायको डुङ्गा तार्ने र माछा मार्ने पेशा लोप हुँदै

रामेछापका माझी समुदायको डुङ्गा तार्ने र माछा मार्ने पेशा लोप हुँदै

रामेछापका माझी समुदायले आफ्नो परम्परागत डुङ्गा तार्ने र माछा मार्ने पेशा परिवर्तन गर्न थालेका छन् । नदीनाला र खोलामा पुल बन्नेक्रम बढ्दा माछा मारेर जीविकोपार्जन गर्न सहज नभएपछि उनीहरूले पेशा परिवर्तन गर्न थालेका हुन् । स्थानीय सरकारले पर्याप्त योजना र बजेटको व्यवस्था गर्नुपर्ने माग माझी समुदायको छ ।

रामेछापको कोशी किनारमा माझी समुदायका नागरिक बस्दै आएका छन् । मन्थलीका डिल्लीबहादुर माझीले पछिल्लो समयमा करेन्ट लगाएर अन्य मानिसहरूले माछा मार्न थालेपछि परम्परागत रूपमा माछा मार्न गाह्रो हुन थालेको बताउनुभयो । जलवायु परिर्वतनसँगै एकातिर हिमालमा हिउँ पर्न छाड्नु, अर्कोतर्फ वर्षात कम हुँदा पनि कोशीमा पानीको सतह कम हुन थालेको छ ।

नदी किनारमा जताजतै इनार खन्नु, कोशीमा ठूलाठूला डोजर लगाएर बालुवा निकाल्ने, कोशीको धार परिवर्तन गर्ने गर्दा पानी धमिलो भएका कारण पनि समस्या भएको छ । राष्ट्रिय जनगणना २०७८ काअनुसार नेपालमा माझी समुदायका नागरिकको सङ्ख्या १ लाखभन्दा धेरै छ । आफूहरूलाई रोजगारीका लागि तीनै तहका सरकारले पर्याप्त काम नगरेको गुनासो उनीहरूले गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार