१ दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले लिए सेवा

१ दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आज(आईतबार) एक दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ४३ जनाले सेवा लिएका छन । शहीद गंगालाल फाउन्डेशन नेपालको आयोजना,शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन भएको हो ।

शिविरमा एक सय जनाले मुटुको भिडियो एक्सरे,१ सय १५ जनाले ईसिजि,१ सय १८ जनाले मुटुरोग परीक्षण गराएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । १० जना मुटुरोगीलाई भने गंगालाल अस्पताल रेफर गरिएको उहाँले बताउनुभयो । शिविरमा गंगालाल अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार