रामेछाप राताटारका आगलागी पीडितलाई जीवन विकास लघुवित्तको सहयोग

रामेछाप राताटारका आगलागी पीडितलाई जीवन विकास लघुवित्तको सहयोग

रामेछापको रामेछाप नगरपालिका ९ राताटारका अग्नि पीडितलाई जीवन विकास लघुवित्त वितिय संस्था लिमिटेडले सहयोग उपलब्ध गराएको छ । सोही वडाको भिमसेनथानमा कार्यालय रहेको संस्थाले १३ घर अग्नि पीडितलाइ ओढ्ने,ओछ्याउने सामाग्री उपलब्ध गराएको हो ।

संस्थाको कार्य क्षेत्र समेत रहेको सो ठाउँमा आगलागीले ठुलो क्षति गरेपछि थोरै भएपनि पीडितको घाउमा मलम लगाउने काम गरेको संस्थाका प्रबन्धक जीवन राईले बताउनुभयो । अग्नि पीडितलाई सिरक,डस्ना,तन्ना र सिरानी वितरण गरिएको हो ।

साथै संस्थामा सदस्य रहेका ३ जना अग्नि पीडितलाई नगद एक÷एक हजार सहित खाना पकाउने प्रेसर कुकर समेत वितरण गरिएको हो । साथै रामेछाप नगरपालिका ८ मा रहेको माहुली लघुवित्त वितिय संस्था लिमिटेडले पनि अग्नि पीडितलाई एक÷एक वटा ब्लाङकेट उपलब्ध गराएको छ ।

बिहीबार दिउँसो राताटार स्थित हरदेनि सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा १३ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको हो । आगोलागिबाट १३ घरपरिवारका ८५ जनाभन्दा बढी विस्थापित भएका छन् । आगोलागीबाट मानविय क्षति नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार