आगलागीले रामेछाप टार गाउँका २६ वटा घर गोठ जल्यो

आगलागीले रामेछाप टार गाउँका २६ वटा घर गोठ जल्यो

आज(बिहिबार) दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएको छ । वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठका अनुसार सो गाउँका २६ वटा घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । उहाँका अनुसार १४ वटा घर १२ वटा गोठ जलेर नष्ट भएको छ ।

घर भित्र रहेको धनमाल,अन्नपात,लत्ताकपडा सबै जलेर खरानी भएको हो । गोठमा बाँधिएका भैँसी,गोरु र ५० वटा भन्दा बढी खसी,बाख्रा आगोले जलेर मरेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट घरबार बिहीन भएका स्थानियहरु खुल्ला आकाश मुनि रात कटाउनुपर्ने स्थितीमा रहेका छन ।

बस्ने घर,खाने अन्न र ओढ्ने कपडा सबै जलेर खरानी भएपछि उनिहरु निकै पिँडामा छन । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती गरेको छ । बाग्लो बस्ती रहेको टार गाउँका अधिकांश घरहरु जलेको अवस्थामा छन । आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ ।

टारका स्थानियहरु रामेछापको बिहीबारे हाटमा आएको समयमा आगलागी हुँदा धेरै क्षती भएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । आगालागी नियन्त्रणको प्रयास भैरहेको उहाँले बताउनुभयो । नेपाली सेना,डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली,मन्थली नगरपालिकाको दमकल र स्थानिय नागरीकहरु आगो नियन्त्रणमा जुटेका छन । आगो भने अझै पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार