नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका एक सय बढी बिरामीले लिए सेवा

नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका एक सय बढी बिरामीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा एक सय बढीले सेवा लिएका छन । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका सूचना अधिकारी रविन्द्र चौधरीले जानकारी दिनुभयो ।

शिविरमा नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा प्रत्येक महिनाको अन्तिम बुधबार बिशेषज्ञ डाक्टरसँग समन्वय गरेर मानसिक तथा नशा रोग बिशेषज्ञद्वारा मानसिक रोगीहरुको जांच तथा उपचार र परामर्श सहितको सेवा संचालन हुँदै आएको छ । शिविरमा बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार