रामेछापको टार गाउँमा भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट

रामेछापको टार गाउँमा भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज(बिहिबार) भएको भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट भएको छ । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवका अनुसार २० भन्दा बढी घर गोठ जलेको अवस्था छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती भएको छ ।

बाग्लो बस्ती रहेको टार गाउँका अधिकांश घरहरु जलेको अवस्थामा छन । आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ ।

टारका स्थानियहरु रामेछापको बिहीबारे हाटमा आएको समयमा आगोलागी हुँदा धेरै क्षती भएको वडाअध्यक्ष चन्द्र श्रेष्ठले बताउनुभयो । आगालागी नियन्त्रणको प्रयास भैरहेको उहाँले बताउनुभयो । नेपाली सेना,डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली,मन्थली नगरपालिकाको दमकल र स्थानिय नागरीकहरु आगो नियन्त्रणमा खटिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार