रामेछापमा छुट्टाछुट्टै घटनामा दुई पुरुषको मृत्यु

रामेछापमा छुट्टाछुट्टै घटनामा दुई पुरुषको मृत्यु

रामेछापमा छुट्टा छुट्टै घटनामा परी दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युवक र एक वृद्ध रहेका छन । मामा घरबाट फर्किँदै गर्दा भीरबाट लडेर जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा एक युवकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं ७ लखनपुरका नेत्रबहादुर घतानीका २२ वर्षीय छोरा विशाल घतानी रहेका छन् ।

उनी मंगलबार दिउँसो ३ बजेको समयमा सोही पालिकाको वडा नं ४ दर्गा स्थित मामाघर गएर फर्किने क्रममा छिरिङ भीरबाट लडेका थिए । उनी अन्दाजी २ सय मिटर तल चौरी खोलाको बगरमा मृत अवस्थामा फेला परेका थिए । यस्तै जिल्लाको मन्थली नगरपालिकामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मन्थली नगरपालिका–१३ का ७३ वर्षीय सनमान थापा क्षेत्रीको कुटमेरोको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घर नजिकै रहेको कुटमेरोको रुखबाट घाँस झार्ने क्रममा उनी लडेर गम्भीर घाईते भएका थिए । गम्भीर घाइते भएका थापाको धुलिखेल अस्पताल किर्ने दोलखामा लगिएकोमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार