कर्मचारी अभाबमा डिभिजन वन कार्यालय रामेछापको काम प्रभावित

डिभिजन वन कार्यालय रामेछापमा लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरु प्रभावित हुँदै आएको छ । कार्यालयमा अधिकृत छैँठौँ,लेखाअधिकृत,रेन्जर,फरेस्टर,वन रक्षक लगायतका कर्मचारीहरुको अभाव रहेको छ । ४३ जनाको दरवन्दी भएको डिभिजन वन कार्यालयमा हाल २२ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । डिभिजन वन कार्यालय माताहतका जिल्लाका ६ वटा […]

जुनारको फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोगको रोकथाम तथा नियन्त्रणबारे छलफल तथा र्याली

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ मन्थली रामेछापले आज रामेछाप नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुसँग छलफल गरेको छ । जुनारमा लाग्ने विभिन्न रोगहरु फल कुहाउने औंसा र सिट्रस ग्रिनिङ रोकथाम तथा नियन्त्रणका बारे जुनार कृषक तथा सरोकारवालासँग छलफल गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षता र जिल्ला समन्वय समिती रामेछापका प्रमुख चिना खड्का […]

असार १८ सम्म आईपुग्दा रामेछापमा यस वर्ष २७ प्रतिशत खेतमा मात्रै रोपाँई

असार १८ सम्म आईपुग्दा रामेछापमा यस वर्ष २७ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार हालसम्म जिल्लामा जम्मा २७ प्रतिशत खेतमा मात्रै धान रोपाँई भएको हो । जिल्लाको २७ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ८ हजार ९०९ […]

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । कारागारमा रहेका कैदीबन्दी, कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षण हो । यहि असार १४ र १५ गते गरिएको परीक्षणमा कैदी बन्दीको आँखा चिलाउने, आँखा पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र आँखामा मासु पलाउने जस्ता समस्या देखिएको छ । तिलगंगा आँखा […]

घरबास उठन लागेको ऋण सहपाठिले तिरी दिए

६ बर्ष अघि मृत्यु भएका रामेछाप जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका छन । विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही […]

बिटार पार्क १९ लाखका थप नयाँ संरचना

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ मा रहेको बिटार पार्कमा १९ लाख भन्दा बढिको नयाँ संरचना थपिएका छन । नयाँ संरचनाले पार्कमा थप सुन्दरता बडाएको छ । पार्कमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले डिभिजन बन कार्यालय रामेछाप मार्फत १९ लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटको दायरामा रहेर संरचना निर्माण कार्य सम्पन्न गरेको पार्क […]

रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीको माग

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीले माग गरेका छन । रामेछाप नगरपालिकाको के्रन्द्र समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान नहुँदा विभिन्न समस्याहरु हुने गरेको छ । रातको समयमा चोरी तथा डकैतीका घटनाहरु भैहाले चोर पक्ता लगाउन निकै समस्या हुने भन्दै नगरपालिकाले छिटोभन्दा छिटो सिसी क्यामेरा […]

अमन बुढाथोकीले जन्मदिनमा खुवाए गरीब दुःखीलाई खाना

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौमा माता मन्दिरा बुढाथोकी र पिता शम्भु बुढाथोकीको कोखबाट दोश्रो सन्तानको रुपमा २०५४ साल असार १० गते जन्मिएका अमन बुढाथोकीले उनको जन्मोत्सको अवसरमा असार १० गते मन्थली देखी काठमाडौं गएर काठमाडौंको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी गरीब अशक्त तथा असहाय भएका सयौं मानिसहरुलाई रातको एक […]

रामेछापको ८ वटै स्थानिय तहको आ.ब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट सार्वजनि गरेका छन । सबै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख […]

लिखु तामाकोसी गाउँपालिकाको आब २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको  छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण […]