मन्थलीमा मन्थली नगर कप पुरुष भलिबल प्रतियोगिता सुरु

मन्थलीमा मन्थली नगर कप पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछापको मन्थली नगरपालिकामा नगर कप पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । प्रतियोगिताको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभएको छ । फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा वडाबाट १४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार ट्रफि र प्रमाणपत्र पाउने छन् । त्यस्तै तृतीयले ५० हजार र सान्त्वनाले नगद ३० हजार सहित प्रमाणपत्र पाउने मन्थली नगरपालिकाले जनाएको छ ।

विगतमा ‘मेयर कप’ को नामले हुँदै आएको प्रतियोगिता यस वर्षबाट नगर कप रनिङ शिल्डको नामबाट मन्थली स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार