जिल्ला अस्पताल रामेछापमा डायलायसिस सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा डायलायसिस सेवा सुरु

जिल्ला अस्पताल रामेछापले डायलायसिस सेवा सुरु गरेको छ । बिहिबार बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलायसिस सेवा सुरु गरेको हो । मिर्गाैलासम्बन्धी रोगीलाई लक्षित गर्दै जिल्ला अस्पतालमा पहिलो पटक सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारीका अनुसार एक पटकमा ५ वटा मेसिनबाट २ जनाको उपचार गरिन्छ । एकजनाको डायलायसिस गर्दा करीब २ देखी ३ घण्टासम्म समय लाग्छ । मिर्गाैलासम्बन्धी बिरामीले हप्तामा २ पटक डायलायसिस गर्नुपर्छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारी, डा.भुषण सुवेदी,डा.पवन खत्री,नर्सिङ इन्चार्ज यशोदा बरालसहितको टोलीले एक महिलाको डायलायसिस गरेर सेवा सुरु गरेका हुन् । जिल्लामा मृगौला रोगी यति नै छन् भन्ने आधिकारिक तथ्यांक नभएको जनाउँदै तथ्यांक संकलनमा जुटिरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमै डायलायसिस सेवा सुरु भएसँगै मृगौला रोगका बिरामीहरु राजधानी काठमाडौं, धुलिखेल लगायतका विभिन्न अस्पतालमा जानुपर्ने बाँध्यता हटेको छ । जिल्लामा यसअघि तामाकोसी अस्पताल र मन्थली अस्पतालले डायलासिस सेवा सुरु गरिसकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार