जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवन उद्धघाटन

जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवन उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाले उक्त भवनको उद्धघाटन गर्नुभएको हो । सोही कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो ।

हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै उहाँले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो । सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन गर्न अब सबै तहको सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।

भारत सरकारको सहयोगमा ५ करोड ८७ लाख ८९ हजार ४९ रुपैयाँ लागतमा २ वटा भवन निर्माण भएको हो । उक्त कार्यक्रममा प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ कान्छारा,बाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ,आनन्द श्रेष्ठ लगायत रामेछाप नगरपालिकाका जनप्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार