१५ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजदेखि

१५ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजदेखि

सरकारले आजदेखि १५ जिल्लामा हात्तिपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान सुरु गर्दैछ । आजदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा हात्तिपाईले रोग विरुद्ध औषधि सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ प्रदेशका १५ जिल्लामा यो अभियान चल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशको धनुषा, महोत्तरी, रौतहट, सर्लाही र बारा, बाग्मती प्रदेशको रसुवा , गण्डकी प्रदेशको लम्जुङ, बाग्लुङ र पर्वतमा अभियान संचालन हुनेछ । यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अभियान सुरु हुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार