रामेछाप कारागारमा रहेका २ जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय मिनाहा

रामेछाप कारागारमा रहेका २ जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय मिनाहा

सरकारले प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा रहेका दुई जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय कट्टा गरेको छ । मन्त्रिरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जिल्ला कारागार रामेछापमा रहेका दुई जना कैदीबन्दीको आधा कैद सजाय कट्टा गर्नुभएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका लालकाजी भनिने कर्मा लामा र रामेछाप खाँडादेवी १ का तिर्थ कुमार श्रेष्ठको ५० प्रतिशत कैद सजाय कट्टा भएको हो । सिन्धुपाल्चोकका लामा कर्तव्य ज्यान मुद्धा र रामेछापका श्रेष्ठ चोरी मुद्धामा जेल परेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाको सजाय माफी गरिदिनुभएको थियो ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुतलबी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार