३८ पदक सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

३८ पदक सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको पाँचौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३८ स्वर्ण, २९ रजत र १४ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा द्धितिय भएको जनता मावि कोलन्जोरले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा तृतिय भएको रेणुकादेबी माविले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स , छात्र/छात्रा रिले दौड , तेक्वान्दो , हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख कुमारी कार्की,विभिन्न वडाका वडाअध्यक्ष लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार