विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो ।

सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन गर्न अब सबै तहको सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।

थप भिडियोमैँ हेरौँ : 

जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको बिहिबार उद्धघाटन गरिएको हो । भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले उद्धघाटन गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ कान्छाराम,बाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ,आनन्द श्रेष्ठ लगायत रामेछाप नगरपालिकाका जनप्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार