रामेछाप सैपुमा १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

रामेछाप सैपुमा १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

१० औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखी भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा जारी प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा जारी प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गनुभयो ।

रामेछाप जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा भलिवल, एथलेष्टिक अन्तर्गतका बिभिन्न दौडहरु, हाइजम, लङजम, ट्रिपल जम्प, सटफुट, ज्याब्लिङ थ्रो, कवर्दि, कराते, लगाएतका खेलहरु खेलाइने आयोजकले जनाएको छ । विगतका वर्षहरूमा सदरमुकाम केन्द्रित हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड यो वर्ष लिखु तामाकोशी गाउँपालिका सैपुमा भएका हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार