मन्थली नगर कप पुरुष भलिबलको उपाधि वडा नं–१ ले जित्यो

मन्थली नगर कप पुरुष भलिबलको उपाधि वडा नं–१ ले जित्यो

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा मंगलबार सम्पन्न प्रथम नगर कप पुरुष भलिबलको प्रतियोगिताको उपाधी वडा नं–१ ले जितेको छ ।

वडा नं–१ र वडा नं–१४ बिच भएको फाइनल खेलमा वडा नं १ ले वडा नं १४ लाई २५–२१,२५–२२ र २५–१७ को सोझो सेटमा हराएको हो । प्रतियोगितामा वडा नं ७ भटौली तेस्रो भएको छ । वडा नं–७ भटौली र वडा नं–४ सालु बिच भएको खेलमा भटौलीले सालुलाई हराएको हो ।

प्रतियोगितामा प्रथम,द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद रु १ लाख, ७५ हजार, ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ ।

प्रतियोगितामा सान्वना भएको वडा नं ४ सालले नगद रु ३० हजारको साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाका १४ वटै वडाका खेलाडीहरुहरुले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार