रामेछापमा चितुवाको आतंक, खोरमै राखिएका खसी मारिए,स्थानिय त्रसित

रामेछापमा चितुवाको आतंक, खोरमै राखिएका खसी मारिए,स्थानिय त्रसित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ तामाङ्ग टोलमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । खोरमै राखिएका खसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका हुन । बिहिबार राती स्थानिय मोहन तामाङ्गको २ वटा खसी चितुवाले मारेको वडाअध्यक्ष सन्तोष तामाङ्गले जानकारी दिनुभयो । खोरमै छिरेर चितुवाले खसी मारेको हो ।

चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठूलो आवाज गरेर कराउने तथा खोरमा बाँधीएका बाख्राखसी मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । एक्लै हिडेका मानिससँग चितुवाले भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार टाटेपाटे रङको बाघ जस्तै देखिने ठूलो चितुवा र त्यसको सानो बच्चा चितुवा गाउँ पसेको बताइएको छ । डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीका अनुसार चितुवाले गाउँ पसेर थप क्षती गर्न थाले नियन्त्रणमा लिने प्रयास गरिने छ । उहाँले बालबालिकालाई एक्लै नछाड्न, घर नजिक रहेको झाडी सफा गर्न र अध्यारोमा नहिँड्न नागरीकहरुलाई अनुरोध पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार