रामेछापमा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

रामेछापमा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

असार महिना सकिएर साउन लाग्दा समेत यो वर्ष रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्र रामेछापका कृषि बिकास अधिकृत मोनिमा योन्जनका अनुसार गत वर्ष यहि अबद्यिमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष मनसुन ढिला भित्रिएपछि साउन लागिसक्दा समेत करिब ५६ प्रतिशत खेत बाँझै रहेका छन् ।

यस वर्ष वर्षात ढिला हुँदा धान रोपाई ढिला भएको कृषि बिकास अधिकृत योन्जनले बताउनुभयो । रामेछाप जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । जिल्लाका अधिकांश ठाउँहरुमा आकाशे पानीको भरमा धान रापाइँ हुँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार