रामेछाप नगरपालिकाबाट एक वर्षको अवद्यिमा ५ सय २८ जना बसाईसरी गए

रामेछाप नगरपालिकाबाट एक वर्षको अवद्यिमा ५ सय २८ जना बसाईसरी गए

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा बसाईसरी आउने भन्दा बासाईसरी जानको संख्या बढी देखिएको छ । एक वर्षको अवद्यिमा एक सय पचास घरपरिवारका ५ सय २८ जना सदस्य बसाईसरी गएको पाइएको छ ।

यहि अवद्यिमा ३१ परिवारका ९९ सय सदस्य अन्य ठाउँबाट रामेछाप नगरपालिकामा बसाईसरी आएको देखिएको छ । रामेछाप नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका अपरेटर सन्दिप केसीका अनुसार यो तथ्याङ्क रामेछाप नगरपालिकाबाट अन्य ठाउँमा बसाईसरी जाने र अन्य ठाउँबाट नगरपालिकामा बसाईसरी आउनेको हो ।

विगत केही वर्षको तथ्याङ्कलाई हेर्ने हो भने रामेछाप नगरपालिकामा बसाईसरी आउने भन्दा जानेको संख्या बढी देखिएको छ । यसैगरी एक वर्षको अवद्यिमा रामेछाप नगरपालिकामा २१ सय ४२ जनाले जन्मदर्ता गराएका छन । ११ सय १ पुरुष र एक हजार ४१ जना महिलाले जन्मदर्ता गराएका हुन ।

एक वर्षको अवद्यिमा ५ सय ८२ जना मानिसको मृत्यु भएको छ । २ सय ९४ पुरुष र २ सय ८८ जना महिलाको मृत्यु भएको एमआईएस अपरेटर केसीले बताउनुभयो । यसैगरी एक वर्षको अवद्यिमा एक हजार १० जनाले विवाह गरेका छन भने ५९ जनाले सम्बन्ध विच्छेद गरेका छन । रामेछाप नगरपालिकाको ९ वटै वडाहरुमा व्यक्तिगत घटना दर्ता गर्नेहरुको तथ्याङ्कलाई केलाएर हेर्दा यस्तो पाईको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार