रामेछापको आख्रेनी स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा १९६ जनाले लिए सेवा

रामेछापको आख्रेनी स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा १९६ जनाले लिए सेवा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनी स्वास्थ्य चौकीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको शिविरमा १ सय ९६ जनाले सेवा लिएका छन ।

बुधबार भएको शिविरमा नसर्ने रोगहरुको सचेतना तथा परीक्षण र स्क्रिनिङ्ग शिविर संचालन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उक्त शिविरमा रक्तचाप जाँच,मद्युमेह जाँच लगायत विभिन्न रोगहरुको परीक्षण तथा उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ओख्रेनीमा रहेका सहकारी संस्थाहरुसँगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार