गोकुलगंगा गाउँपालिकाद्धारा बढी लोड भएका गाडी सञ्चालनमा रोक

गोकुलगंगा गाउँपालिकाद्धारा बढी लोड भएका गाडी सञ्चालनमा रोक

रामेछापको गोकुलगंगा गाउँपालिकाले जिल्ला सदरमुकाम मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक खण्डमा ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ । गाउँकार्यपालिकाको बैठकले उक्त सडक खण्डमा आउँदो असोज ३० गते सम्मको लागि ठुला गाडी सञ्चालनमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले हस्ताक्षरगरी जारी गरिएको सुचनामा उल्लेख छ ।

बर्षातको समयमा सडकको क्षमता भन्दा बढी ठुला मालवाहक गाडी चल्दा सडक थप बिग्रिएर यात्रुवाहक सवारीका साधन र यात्रुलाई सास्ती हुन थालेको भन्दै कार्यपालिकाको पूर्ण बैठकले सार्वजनिक सूचना मार्फत ठुला मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।

गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा निर्माणाधीन हाइड्रोपावरहरूको निर्माणका लागि मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडकमा जलविद्युत आयोजनाका ठुला लोड गाडी चल्दा खाल्डा खुल्डी भएको र पानी जमेर सडकै नै भासिने, भत्कने गरेको गुनासो बढेपछि पालिकाले आउँदो असोज ३० गते सम्म उक्त सडकमा ठुला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको हो ।

यस्तो छ गाउँपालिकाद्धारा जारी सुचना : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार