रामेछापमा सवारी साधन कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सङ्कलन

रामेछापमा सवारी साधन कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सङ्कलन

गत आर्थिक वर्ष २०७९/८० मा रामेछापमा सवारी कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने ८ हजार ८ सय ८ सवारी साधनलाई कारबाही गरि ८० लाख ५९ हजार राजस्व सकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो ।

क्षमता भन्दा धेरै यात्रु र सामान बोक्ने, चालक अनुमति पत्र नभएका, बिना हेल्मेट मोटरसाईल चलाउने, जाँडरक्सी खाएर सवारी साधन चलाउनेलाई कारवाही गरिएको उहाँले बताउनुभयो ।

यसैगरी यहि साउन १ गतेदखी सवारी कारवाहीमा परेकाहरुले तिर्ने जरिवाना राष्ट्रिय वाणिज्य बैँकमा गएर रकम जम्मा गरेको भौचर ट्राफिक प्रहरीलाई बुझाउनुपर्ने भएको छ । कारवाहीमा परेकाहरुले नगद तिरेर रसिद लिदै आएकोमा अब भने राष्ट्रिय वाणिज्य बैँकमै गएर रकम जम्मा गनुपर्ने ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार