जिल्ला अस्पताल प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण

जिल्ला अस्पताल प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण

जिल्ला अस्पताल रामेछापको प्राङ्गणमा कालिका भगवती मन्दिर पुनः निर्माण भएको छ । २०७२ को भूकम्पले क्षती गरेको पुरानो मन्दिरको ठाउँमा अहिले नयाँ मन्दिर बनेको हो । उक्त मन्दिरमा आज(शनिबार) पुजाआजासहित मूर्ति र गजुर राखिएको छ ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले मन्दिर उद्धघाटन गर्नुभयो । १० लाख ९२ हजार ६३ रुपैयाँ लागतमा निर्माण भएको मन्दिरमा विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेका छन । रामेछाप नगरपालिकाको ३ लाख,८ नं वडा कार्यालयको १ लाख,स्वास्थ्य कार्यालयको ५७ हजार १ सय ५,जिल्ला अस्पतालको ३ लाख ८३ हजार,नेप अस एशोसियसनको १० हजार र अस्पतालका कर्मचारी तथा विभिन्न व्यक्तिहरुबाट ३ लाख ४१ हजार १ सय ४४ गरी जम्मा ११ लाख ९१ हजार २ सय ४९ रुपैयाँ रकम संकलन भएको थियो ।

मन्दिर निर्माणमा १० लाख ९२ हजार ६३ रुपैयाँ खर्च भएको छ । अझै कालिका भगवती मन्दिर पुन निर्माण उप समितीको खातामा ९९ हजार १ सय ८६ रुपैयाँ रकम मौज्दात रहेको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार