पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४४ जना […]

रामेछापका २१६ जना कोरोना संक्रमित निको , चार जना आईसोलेसनमा

रामेछापका २१६ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका सात जना कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १६ पुगको हो । बिहिबार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २३, २६, २९, ३४ र ४० वर्षीया महिला तथा १३ र २६ वर्षीय पुुरुष छन् […]

रामेछाप गुम्दलकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रामेछाप जिल्लाकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलकी २८ बर्षिय सुत्केरी सुमित्रा विकलाई आज हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ पठाइएको छ । विकलाई अत्याधिक रक्तश्राप भएपछि हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । सोमवार राती सुत्केरी हुनुभएकी बिकलाई धेरै रगत बगेपछि गाउँमा उपचार हुन नसकेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको रामेछापका […]

रामेछापमा कोरोनाका १६ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्ट अनुसार दोरम्बा गाउँपालिकाको स्वास्थ्य चौकी दोरम्बामा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । यसमध्ये दुई […]

निशुल्क मानसिक स्बास्थ्य शिविर सम्पन्न

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र लामो समयको लकडाउनले जनजिवनमा विभिन्न किसिमका मनोसामाजिक एवं मानसिक स्बास्थ्य समस्याहरु देखिएकाछन । प्रकृतिक बिपत्तिको यो बिषम अबस्थामा समुदाय स्तरमा नै मानसिक स्बास्थ्यका विभिन्न कार्यक्रमहरु संचालन गर्नु अति जरुरीछ । यसैबिच धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिबिरको आयोजना गरियो। मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र […]

रामेछाप उमाकुण्डकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उमाकुण्ड गाउँपालिका–२ बाम्ती निवासी मेनुका कार्कीलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । कार्कीलाई हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत पहिलो पटक कार्कीलाई हेलिकप्टरबाट उद्धार […]

रामेछापमा थप १ जनामा कोरोना पुष्टि, १५ जना आइसोलेशनमा

रामेछापमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ । यो सँगै रामेछापमा १५ जना कोरोनाका सक्रिय संक्रमितहरु आईसोलेसनमा रहेका छन । जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा १० जना गरी १५ जना कोरोनाका […]

रामेछापमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४० वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१७ जना पुगेको छ । यसमध्ये दुई सय तीन जना कोरोना मुक्त […]

रामेछापमा १३ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा

रामेछाप जिल्लामा १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । अहिले जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा दुईजना र दोरम्बा गाउँपालिकामा ९ जना गरी १३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्या २१६ पुगेको छ । यसमध्ये २ सय ३ जना […]

रामेछापमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप सात जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार दोरम्बा गाउँपालिकाबाट पीसीआर परीक्षणका लागि पठाइएका ११ जना मध्ये सात जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकामा कार्यरत २३,२६ वर्षका महिला र २६ वर्षका पुरुष स्वास्थ्यकर्मी र दोरम्बा […]