स्वस्थ्य चौकीलाई खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री प्रदान

स्वस्थ्य चौकीलाई खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री प्रदान

रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी प्रगतिशील युवा समाज पकरबासले स्वस्थ्य चौकीलाई आज विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

खाँडादेवी प्रगतिशील बिपद कोषबाट कोरोना माहामारि नियन्त्रण तथा रोकथामको लागि उक्त सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो ।

पकरबास स्वास्थ्य चौकीमा अक्सिजन कन्सनटेटर २ थान इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ १ थान सेनिटाइजर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

नागरीकहरुले अक्सिजन बिना अकालमा ज्यान गुमाउनु नपरोस भन्दै उक्त अक्सिजन कन्सनटेटर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार