अब जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने

अब जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने

जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै रामेछाप जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । देशका विभिन्न अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयले रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ छुट्याएको हो । त्यसका लागि जिल्ला अस्पताल रामेछापले जेठ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अबको दुई महिनाभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार