रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी,आठ हजार बढीले लगाए खोप

रामेछाप जिल्लामा कोरोना भाईरस कोभिड—१९ विरुद्धको खोप अभियान जारी छ । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु देखि हालसम्म आठ हजार बढी नागरीकहरुले खोप लगाएका छन । जिल्लाको चार स्थानीय तहबाट उनिहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबारसम्म चार हजार १८९ जना महिला र तीन हजार ८५४ जना पुरुष […]

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा लगाउने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ ।कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिनमन्त्रालयलाई सुझाव दिएको थियो ।यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रादिने बताएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत […]

रामेछापका २ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

रामेछापका दुई हजार एकसय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार पहिलो र दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका दुई हजार एकसय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले पहिलो चरणको खोप अभियान अन्तरगत एक हजार ९३ जना र दोश्रो चरणको खोप अभियान […]

रामेछापका ९०२ जनाले लगाए कोरोना विरुद्धको खोप

खोप अभियान अन्तरगत हालसम्म रामेछापका ९ सय भन्दा बढीले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखी फागुन ९ गते आइतबारसम्म जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र गरि दुईवटा खोपकेन्द्रबाट ९०२ जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दोश्रो चरणको […]

रामेछापका २३८ जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको दोश्रो चरणको खोप अभियान सुरु भएको तीनदिनमा रामेछापका २३८ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएको तेस्रोदिन मंगलबार जिल्ला अस्पताल रामेछापमा ५० जना र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ५० जना गरि १०० जनामा कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान […]

अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ । भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको […]

रामेछापका फेरी २१ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइने, खोप लगाउन नाम टिपाउन आग्रह

रामेछाप जिल्लामा थप २१ सय जनालाई कोरोनाविरद्धको खोप लगाइने भएको छ स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार जिल्लाका दुई स्थानबाट कोरोना विरुद्धको खोप लगाउने छ । रामेछाप जिल्ला अस्पतालमा फागुन २ देखि ४ गते र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट फागुन ३ देखि ८ गतेसम्म खोप लगाइनेछ उहाँले बताउनुभयो । जिल्लाको आठ वटा स्थानीय तहबाट […]

आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु

सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । आज देखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको हो । काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको छ । कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुशी व्यक्त गरेका […]

पहिलो चरणबाट बचेको खोप दोस्रो चरणको खोपसँगै लगाइने

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाइने भएको हो । यही माघ १४ गतेदेखि सुरु गरिएको खोप अहिलेसम्म एक लाख […]

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ७७ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ३५६ जना पुरुष र ७२१ जना महिला गरी १ हजार ७७ जनाले खोप लगाएका हुन । आज थप ४५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज १३ जना महिला […]